Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछुः अध्यक्ष घिमिरे

सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछुः अध्यक्ष घिमिरे

दैनिकी न्यूज

२८, माघ २०८१
सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछुः अध्यक्ष घिमिरे
images

ललितपुरर । गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्ने बताएका छन् ।

Dainikeenews advertise Final Health.jpg

वडा नं. ३ कार्यालय र पौडोलका तीन वटै गुठीको संयुक्त आयोजनामा भएको बृहत सोनाम ल्होछार कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष घिमिरेले जति विकास गरेपछि मानव संशाधनका साथै भाषा, कला र साहित्यको विकास नभएसम्म विकासले सार्थकता पाउँदैन भन्दै भौतिक विकास साथसाथै भाषा, कला, संस्कृति, भेषभुषा र साहित्य र,सभ्यताको विकासमा क्रियाशील हुने बताए ।

Final Advertise aayurberdik.jpg

'मलाई तामाङ समुदायको ल्होछार अत्यन्तै रमाइलो लाग्छ,तामाङ समुदायले मलाई माया गरेको छ, म मेरो अन्तिम सास रहेसम्म तामाङ समुदायको कला, भाषा, संस्कृतिको संरक्षण गर्नमा लागि रहने छु ।' अध्यक्ष घिमिरेले भने ।

अध्यक्ष घिमिरेले देशकै उत्कृष्ट वडा बनाउने अभियान अन्तर्गत लागि परेको बताउँदै निर्वाचनमा आफूले प्रतिवद्धता गरेका भौतिक विकासका पचासी प्रतिशत काम सम्पन्न भएको जानकारी गराए ।

0ebd5d90-ddf3-45bc-92e6-6201ed72ca4c.jpeg

ल्होछार मनाउँदै गर्दा तामाङ जातिको संस्कृतिलाई संरक्षण गर्ने मुख्य लक्ष्य मैले लिएको छु, हामीले हाम्रो हक अधिकार लिनेदिन काममा लाग्नुपर्छ, तपाईंहरुको हक अधिकारका लागि क्रियाशील हुँदै आएको छु उनले भने ।

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ०७:०३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology