Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

दैनिकी न्यूज

२८, माघ २०८१
प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ।

Dainikeenews advertise Final Health.jpg

माघ २४ गते काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए। ताप्लेजुङका दिनेश सिग्देल र डडेलधुराका रमेश फुलारालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए।

Final Advertise aayurberdik.jpg

उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँचदिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ।

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ०७:२०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology