Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

पाँचवटा प्रदेशमा बदली, तीनमा हिमपातको सम्भावना

पाँचवटा प्रदेशमा बदली, तीनमा हिमपातको सम्भावना

दैनिकी न्यूज

३०, माघ २०८१
पाँचवटा प्रदेशमा बदली, तीनमा हिमपातको सम्भावना
images

काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

Dainikeenews advertise Final Health.jpg

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

Final Advertise aayurberdik.jpg

मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने जनाएको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

images
प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०६:२३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology