Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पाँचवटा प्रदेशमा बदली, तीनमा हिमपातको सम्भावना

पाँचवटा प्रदेशमा बदली, तीनमा हिमपातको सम्भावना

दैनिकी न्यूज

३०, माघ २०८१
पाँचवटा प्रदेशमा बदली, तीनमा हिमपातको सम्भावना
images

काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

Dainikeenews advertise Final Health.jpg

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

Final Advertise aayurberdik.jpg

मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने जनाएको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

images
प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०६:२३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology