Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण

होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण

दैनिकी न्यूज

३०, माघ २०८१
होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण
images

ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा आयोजित स्वास्थ्य पर्यटन प्रवर्द्धनका लागि प्रदेशभित्र रहेका होटल, होमस्टे सञ्चालकहरूलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ।

Dainikeenews advertise Final Health.jpg

होटल, होमस्टे सञ्चालकहरुलाई लक्षित गरेर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा मंगलबार एकान्तकुनामा आयोजित कार्यक्रममा आयुर्वेदको महत्त्व, निरोगिताको लागि आयुर्वेदको उपयोग, यसले मानव स्वास्थ्यमा पार्ने सकरात्मक प्रभावका बारेमा अभिमुखीकरण गरिएको बरिष्ठ बैद्य नर्मदा चापागाईँले जानकारी गराइन् ।

Final Advertise aayurberdik.jpg

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले यसअघि शुक्रबार र शनिबार ट्राफिक प्रहरीहरुलाई प्रदुषणबाट जोगिने उपायहरू, स्वास्थ्य समस्या समाधानका लागि योग, व्यायामलगायतका विषयमा अभिमुखीकरण गरेको थियो ।

स्वस्थ ब्यक्तिको स्वास्थ्यको रक्षाका साथै रोगी व्यक्तिको रोग निवारण गर्न आयुर्वेदिक ओैषधिको उपयोग महत्त्वपूर्ण रहेको भन्दै बरिष्ठ वैद्य चापागाईंले रोग लागेर उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिनेमा जोड दिनुपर्ने बताइन् ।

स्वस्थ्य जीवनशैलीका लागि हरेक मानिसले खानपिन सुधार्न, धुम्रपान, मध्यपानलगायतको प्रयोग र यसको कुलतबाट जोगिएर स्वस्थ र सादगीपूर्ण सात्विक जीवनशैली अपनाउन आवश्यक हुने बताउँदै जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको बैद्य निरीक्षक रोमा कुमारी झाले बताइन् । कार्यक्रममा होष्टेल तथा होमस्टे सञ्चालकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०७:३९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology