Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा भैरहेको रोजगारीको समस्या उद्यमशीलतामार्फत सम्बोधन गर्न सफल हुने

नेपालमा भैरहेको रोजगारीको समस्या उद्यमशीलतामार्फत सम्बोधन गर्न सफल हुने

दैनिकी न्यूज

३०, माघ २०८१
नेपालमा भैरहेको रोजगारीको समस्या उद्यमशीलतामार्फत सम्बोधन गर्न सफल हुने
images

ललितपुर । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपालमा भैरहेको रोजगारीको समस्या उद्यमशीलतामार्फत सम्बोधन गर्न सफल हुने बताएका छन् ।

Dainikeenews advertise Final Health.jpg
ललितपुर महानगरपालिकाको आयोजना तथा ग्योङसाङ नेशनल विश्वविद्यालयको सहकार्यमा भएको दुई दिने स्टार्टअप र उद्यमशीलता संगोष्ठीको मंगलबार आयोजित उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री महर्जनले युवाहरुलाई लक्षित गरेर स्थानीयस्तरमा नै उद्यमशील बनाउनका लागि आवश्यक वातावरण तयार भइ बजेट कार्यक्रम तथा नीतिगत व्यवस्थापन हुने विस्वास व्यक्त गरे ।

Final Advertise aayurberdik.jpg
'दक्षिण कोरियाको जिन्जु शहरमा अवस्थित ग्योङसाङ नेशनल विश्वविद्यालयको स्टार्टअप सेन्टरको ज्ञानले नेपालमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण काम हुने छ भन्ने विश्वास छ, नवप्रवर्तन र उद्यमशीलतामार्फत कृषि र वनका क्षेत्रमा नयाँ कामहरु हुने विश्वास छ।' उनले भने ।
मन्त्री महर्जनले बागमती प्रदेशबाट एक हजार युवाहरूलाई लक्षित गरेर सूचना प्रविधि क्षेत्रमा उद्यमशीलता प्रबर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराए ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले ग्योङसाङ नेशनल विश्वविद्यालय र ललितपुर महानगरपालिकासंगको सहकार्यमा हुने कार्यले स्टार्टअप र अर्थतन्त्रको प्रणालीमा महत्त्वपूर्ण प्रगतिका साथसाथै उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
'आर्थिक समृद्धि हासिलका लागि उपलब्धिमुलक हुने छ, दुवै पक्षको सहकार्यले प्रत्यक्ष सहयोग पुर्‍याउने छ, उद्यमशीलता क्षेत्रमा देखिएका चुनौतीहरुलाई हटाउन सहयोग पुर्‍याउने छ, राष्ट्रिय अर्थतन्त्रको वृद्धि र विकासका योगदान पुर्‍याउने छ।' उनले भने ।
राजदूतले तइयोङले दक्षिण कोरिया नेपालको विकास यात्रामा सहकार्य, समन्वय र सहयोग आदानप्रदान गर्दै विश्वको एउटा राम्रो साथी बन्न चाहान्छ भने ।
लामो समयदेखि उद्यमशीलताका बिषयमा प्रशिक्षण गर्दै आउनुभएका दक्षिण कोरियाको जिन्जु शहरमा रहेको ग्योङसाङ नेशनल विश्वविद्यालयका डीन डा. डाई युल जिओङले स्टार्टअप र उद्यमशीलता मार्फत ललितपुरमा उद्यमशीलताको विकासमा महत्त्वपूर्ण काम हुनुका साथसाथै चर्चित नवप्रवर्तन केन्द्र बनाउने सफलता मिल्ने विस्वास व्यक्त गरे ।
'कोरियामा पनि उद्यमशीलताको विकासले ठूलाठूला कम्पनीहरु आएर विकासको गतिलाई अगाडि बढाउन सफलता मिलेको हो, कोरियाले विभिन्न किसिमका समस्या हुँदहुँदै पनि उद्यमशीलता मार्फत छोटो समयमा विकासको गति लिएको हो, ललितपुर पनि सहकार्य, समन्वय र सहअस्तित्वको माध्यमबाट छोटो समयमा नै उद्यमशीलताको हब हुने विश्वास छ।' उनले भने ।
ग्योङसाङ राष्ट्रिय विश्वविद्यालयका डीन डा. डे युल जिओङले आफ्नो विश्वविद्यालयको सम्बन्धनमा ५ वटा क्याम्पसका १७ वटा क्षेत्रमा अध्ययन अध्यापन भइरहेको जानकारी गराउनुभयो। दक्षिण कोरियाको दक्षिणी भेगको जिन्जुमा रहेको यो विश्वविद्यालय कोरियाको शीर्ष १० विश्वविद्यालयमा पर्छ भन्ने जानकारी गराउनुभयो । यस विश्वविद्यालयले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने खालका ६८ वटा भन्दा बढि कार्यक्रममार्फत शिक्षा दिइरहेको उनले बताए ।
ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पालिकास्तरमा भएको स्टार्टअप र उद्यमशीलताको यो कार्यक्रम देशभरकै पहिलो अभियान भएको जिकिर गरिन् ।
'हामीले दुई बर्षदेखि नीतिगत बिषयमा समेटेका थियौँ, स्टार्टअप र उद्यमशीलताका कार्यक्रम गतवर्षदेखि सुरु भएको छ, अध्यायन सकेर जागिर खोज्ने भन्दा पनि आफ्ना आइडिया र नवप्रवर्तनमार्फत युवाहरूलाई स्वरोजगार बनाउने बाटोमा ललितपुर महानगर लागेको छ।' उनले भने ।
ललितपुर महानगरले स्टार्टअप सेन्टर सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी गराए। कार्यक्रममा ललितपुर महानगरपालिका र कोरियाको ग्योङसाङ नेशनल विश्वविद्यालयबीच स्टार्टअपर उद्यमशीलताका शिक्षा, ज्ञान, सीप र कार्यक्रमहरु आदानप्रदान गर्ने बिषयको सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ।

images
प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०७:५१:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology