Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

दैनिकी न्यूज

३, फाल्गुण २०८१
मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ
images

पर्सा । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ बस्ने ४० वर्षीय जय प्रकाश साह रहेका छन् । 

Dainikeenews advertise Final Health.jpg
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना महिलाको उद्धार समेत गरेको छ । 

Final Advertise aayurberdik.jpg
उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १८:४७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology