Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजको मौसमः सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना

आजको मौसमः सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना

दैनिकी न्यूज

५, फाल्गुण २०८१
आजको मौसमः सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना
images

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

Dainikeenews advertise Final Health.jpg

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

Final Advertise aayurberdik.jpg

तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ । विभागले सातवटै प्रदेशका आंशिक बदली रहने जनाएको छ । पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको हो । 

विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । भारी हिमपातको भने सम्भावना छैन । 

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने यो प्रदेशमा बदलीमात्र हुनेछ । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - ०७:२२:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology