Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

राससको ६४ औँ वार्षिकोत्सवमा ललितपुरका घिमिरेसहित बाह्र राससकर्मीलाई पुरस्कार

राससको ६४ औँ वार्षिकोत्सवमा ललितपुरका घिमिरेसहित बाह्र राससकर्मीलाई पुरस्कार

दैनिकी न्यूज

७, फाल्गुण २०८१
राससको ६४ औँ वार्षिकोत्सवमा ललितपुरका घिमिरेसहित बाह्र राससकर्मीलाई पुरस्कार
images

ललितपुर । राष्ट्रिय समाचार समिति (रासस)को ६४औँ वार्षिकोत्सवका अवसरमा ललितपुरका पत्रकार माधवप्रसाद घिमिरे सहित १२ जना राससकर्मी पुरस्कृत हुने भएका छन् । राससले आज फागुन ७ गते बुधबार आयोजना गर्ने बार्षिकोत्सव कार्यक्रममा छ विधामा १२ जना राससकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको हो । बुधबार राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना हुने मूल समारोहमा उहाँहरूलाई पुरस्कार प्रदान गरिने नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने जानकारी गराए । 

Final Advertise aayurberdik.jpg

रासस सञ्चालक समितिकिो मंगलबार बसेको बैठकको निर्णयअनुसार उत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका  तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईलार्ई जनही रु २० हजार नगद र प्रमाणपत्र प्रदान गर्ने भएको हो । 

यसैगरी, उत्कृष्ट आलेखतर्फको पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टिकाराम सुनारलाई प्रदान गरिने छ । प्रमाणपत्रका साथ यो पुरस्कारको राशि जनही रु १० हजार छ । 

पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट ठहरिएका हु्न् ।     

उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल माललाई दिइने निर्णय भएको छ । उहाँहरूलाई जनही रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । 

यसैगरी, उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख  नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई पुरस्कार प्रदान गरिनेछ ।  उहाँहरूलाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिने छ । बीस हजार राशिको उत्कृष्ट फोटो पत्रकारिता फोटो पत्रकार हरिराम भेटवाललाई प्रदान गरिने भएको छ । 

उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालयका  कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्रदान गरिने छ । यो पुरस्कारको राशि रु १० हजार छ । 

नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस  उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरेको हो ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८१ बुधवार - १०:५५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology