Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना पक्राउ

दैनिकी न्यूज

१३, फाल्गुण २०८१
बैंकिङ कसुर मुद्दाका दुई जना पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका–२५ घर भई काठमाडौं महानगरपालिका–२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका–२ घर भई काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४० वर्षीय संजिव कुमार बल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उज्जवललाई काठमाडौं बबरमहलबाट शुक्रबार र जिल्ला अदालत बाँकेबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका संजिवलाई काठमाडौं सुकेधाराबाट शनिबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये उज्जवललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा र संजिवलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८१ मंगलवार - ०८:२९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology