Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

'जनयुद्धले ल्याएको व्यवस्थामै बसेर सहिद रम्तेलहरुको अपमान सैह्य छैन’

'जनयुद्धले ल्याएको व्यवस्थामै बसेर सहिद रम्तेलहरुको अपमान सैह्य छैन’

दैनिकी न्यूज

१४, फाल्गुण २०८१
'जनयुद्धले ल्याएको व्यवस्थामै बसेर सहिद रम्तेलहरुको अपमान सैह्य छैन’
images

काठमाडौं । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ । बुधबार काठमाडौंको संवाद डबलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा वक्ताहरुले जनयुद्ध र सहिदहरुको अपमान नगर्न चेतावनीसमेत दिएका छन् ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले नेकपा९माओवादी केन्द्र०का केन्द्रीय सचिव देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया)लाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको हो । सो कार्यक्रममा सचिव पौडेलले रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताए ।

जनयुद्धकालमै रम्तेललगायतका सहिदहरुको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताहा अभियानको सुरुवत गरेको र आजपनि त्यसैको निरन्तरतास्वरुप देशभर अभियान चलिरहेको बताए । पौडेलले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए । “न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो ?” पौडेलले प्रश्न गरे ।

अखिल ९क्रान्तिकारी०का सह–फ्याक्सन ईन्चार्ज पञ्चा सिंहले दिलबहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीलेसमेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गरिन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सिंहले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिदै भनिन्,“संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरुले विरोध गरे पनि जनयुद्धमा बलिदन गर्न सिकाउने बादल कमरेडहरुलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो रु”केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको धारणा राख्दै भनिन्,“रामबहादुरहरुका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबर्दार अति भयो, अब सहन सकिन्न ।”

संविधानसभा सदस्य विनोद पहाडीले दिलबहादुर रम्तेल प्रतिष्ठानको स्थापना गरेर सहिद रम्तेललाई सम्मान गरेकोमा प्रतिष्ठानका अध्यक्ष डा।बुद्धि नेपालीसहित कार्यसमितिलाई धन्यबाद दिए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका पहाडीले प्रतिष्ठानलाई खुल्ला विश्वविद्यालयमा विकसित गराउन पार्टी र राज्य पक्षले विशेष ध्यान दिनुपर्ने बताए ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा।बुद्धि नेपालीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्मान र सम्झनाको लागि आफूहरुले स्मृति प्रतिष्ठानको स्थापना गरेको बताए । नेपालीले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा २५ लाख छात्रवृत्ति अक्षय कोष स्थापना घोषणा गरी कोष संकलनको कार्ययोजना तिब्र गतिमा अघि बढाइएको जनाए ।
“जनयुद्ध र जनाआन्दोलनका क्रममा १३ हजार ३ सय ३६ जनाले सहादत प्राप्त गर्नु भएकोमा दलित समुदायबाट १६ सय ८७ जनाले बलिदान गर्नुभएकोमा जुन प्रतिशतमा हेर्दा १२।६ प्रतिशत हुँन आउँछ, यत्रो बलिदान हुँदा पनि उत्पीडित समुदाय र लिङ्गले अझैपनि पूर्ण अधिकार नपाउनु दुःखद विषय हो ।” माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका डा।नेपालीले थपे ।

प्रतिष्ठानका महासचिव पम्फा बसेलले प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष गाँठको अवसरमा आफूहरुले पुरस्कार स्थापना गरि हस्तान्तरण समेत गरेको बताउँदै यसलाई थप प्रभावकारी बनाउँदै जाने बताईन् ।

सो कार्यक्रमा अखिल क्रान्तिकारीका पूर्व–उपाध्यक्ष मदन भूल, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष सानुभाई मालबुल, अखिल क्रान्तिकारीका पूर्व–उपमहासचिव बाबुराम नेपाली, लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोका, सहिद रिना अर्पण उत्थान मञ्चका अध्यक्ष गिता रसाईलीले गौरवशाली इतिहास बोकेको जनयुद्धको रक्षा गर्न दिलबहादुर जस्तैः हजारौं सहिदको सम्मान गर्नुपर्ने धारणा राखे ।

 

images
प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - १९:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology