ललितपुर । चाइना फाउण्डेशन फर रुलर डेभलपमेण्ट नेपाल, ग्लोवल को–अपरेशन फर डेभलपमेण्टको संयोजनमा ललितपुरको वागमती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा पाण्डा प्याक सहित शैक्षिक सामग्री वितरण गरेको छ ।
ग्लोवल को–अपरेशन फर डेभलपमेण्टले गरेको उक्त सहयोग वितरण वागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले आज गरेका हुन् । शैक्षिक सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष लोप्चनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने बताए ।

ग्लोवल को–अपरेशन फर डेभलमेण्टका अध्यक्ष मुक्ति मरासिनीका अनुसार बागमती गाउँपालिका भित्रका २७ वटा सामुदायिक विद्यालयका २ हजार ७५ जना विद्यार्थीलाई करिब ४१ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गर्ने बताए ।

झोला सहितको स्टेशनरी, हाइजीन किड्स, पाण्डा प्याक शैक्षिक सामग्री रहेको बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले जानकारी दिए । उपाध्यक्ष मगरले पालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक सामग्री दिएकोमा संस्था र संस्थाका अध्यक्ष मरासिनीलाई सो अवसरमा धन्यवाद दिए ।

