Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज तीन प्रदेशमा बदली

आज तीन प्रदेशमा बदली

दैनिकी न्यूज

२३, फाल्गुण २०८१
आज तीन प्रदेशमा बदली
images

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशको पहाड़ी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८१ शुक्रवार - ०७:३८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology