Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महिला हिंसाविरुद्ध पुरुष मार्च

महिला हिंसाविरुद्ध पुरुष मार्च

दैनिकी न्यूज

२४, फाल्गुण २०८१
महिला हिंसाविरुद्ध पुरुष मार्च
images

ललितपुर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार ललितपुरमा महिला हिंसा अन्त्य सँगै लैङ्गिक समानता भएको समाज निर्माणका लागि ऐक्यबद्धता जनाउँदै सयौँ पुरुषहरुले मार्च गरेका छन् ।

१०० भन्दा बढी पुरुषहरुले सहभागिता जनाएको उक्त मार्चमा ४० भन्दा बढी युवाहरूका संस्थाहरूको सहकार्य रहेको थियो।

'पुरुष मार्च महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धता' नामक -याली जावलाखेलबाट सुरु भएर पुल्चोक, गाबहाल, मंगलबजार हुँदै पाटन दरबार स्क्वायरमा सभामा परिणत भएको थियो।

कार्यक्रमको समापन सभामा सरकारका प्रतिनिधि, सरोकारवाला निकायका व्यक्तित्वहरू तथा महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। सभालाई राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्बोधन गर्दै भने, 'साच्चिकै असल पुरुष भनेका महिलालाई विभेद र दमन गर्ने होइन, समान अवसर दिने हुनुपर्छ।'

त्यस्तै राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बनियाँले बालबालिकालाई विद्यालय तहबाटै लैङ्गिक समानताको शिक्षा दिनु आवश्यक रहेको औंल्याए।

मार्चको समन्वयकर्ता संस्था युवालयका अध्यक्ष धर्मराज रिमालले भने, 'युवालयले विगत एक दशकदेखि अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पुरुषहरूले ऐक्यबद्धता जनाउँदै यस्ता अभियान सञ्चालन गर्दै आएको छ।'

यस पुरुष मार्चले समाजमा महिला हिंसा अन्त्य गर्न पुरुषहरूको भूमिका महत्वपूर्ण छ भन्ने सन्देश दिएको आयोजक संस्थाहरूले बताएका छन्

images
प्रकाशित मिति :फाल्गुण २४, २०८१ शनिवार - १४:४४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology