Logo

आइतवार, श्रावण २४ गते २०८३

images

परिक्षाको प्रश्नपत्र हरायो ! छिमेकी विद्यालयबाट प्रश्नपत्र ल्याएर परिक्षा सञ्चालन

परिक्षाको प्रश्नपत्र हरायो ! छिमेकी विद्यालयबाट प्रश्नपत्र ल्याएर परिक्षा सञ्चालन

कृष्णप्रसाद घिमिरे

२७, फाल्गुण २०८१
परिक्षाको प्रश्नपत्र हरायो ! छिमेकी विद्यालयबाट प्रश्नपत्र ल्याएर परिक्षा सञ्चालन
images

ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नं. ५ स्थित श्री शारदा शिक्षा सदन माविमा परीक्षा नियमित समयभन्दा करिव १ घण्टा ४५ मिनेट ढिलो गरि सञ्चालन भएको पाइएको छ । वडा अध्यक्ष नवराज तिमल्सिनाले उक्त घटना सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा ‘प्रधानाध्यापकको लापरबाहीले विद्यार्थीको भविष्यमाथि खेलवाड’ भनेर स्टाटस लेखेसँगै घटना सार्वजनिक भएको थियो ।
फागुन २५ गतेदेखि सुरु भएको अन्तिम परिक्षाको पहिलो दिन ११ बजे परीक्षा सुरु हुनुपर्नेमा ढिलोगरी करिब १२ः४५ बजेमात्र परीक्षा सुरु भएको थियो । ११ बजेदेखि सुरु हुने परिक्षाको प्रश्नपत्र करिब १ बजेसम्म पनि विद्यालय पुगेको थिएन । यस बारेमा विद्यालयका प्रधानाध्यापक सुनिता तामाङ खातीलाई सम्पर्क गर्दा परिक्षाको पहिलो दिन बिहान ८ बजे विद्यालयका सहायक प्रधानाध्यापक राजु दर्लामी मगरले चापागाउँमा प्रश्नपत्र बुझेको बताए । उनले भने, ‘विद्यालयमा प्रश्नपत्र ल्याउने क्रममा मोटरसाइकलबाट बाटोमा प्रश्नपत्र झरेछ र प्रश्नपत्र ल्याउने सरले मोटरसाइकल स्पिड भएकोले प्रश्नपत्र झरेको कुरा धेरै पछाडि निकै अगाडि आईसकेपछि मात्रै थाहा पाएर फर्केर खोज्न जानुभएको रहेछ ।’ प्रश्नपत्र अरु कसैले भेटेर चापागाउँतर्फ लगिदिएको र पछि चापागाउँबाट प्रश्नपत्र लिएर आउँदा केही समय परीक्षा ढिलो सुरु भएको र यसलाई सामान्य र प्राविधिक समस्या मात्रै रहेको र यस्ता सानातिना घटना भैरहन्छन् यसलाई सामान्य रुपमै लिनुपर्ने उनले बताए । उनले प्रश्नपत्र छिमेकी स्कुल श्री जनजागृति माविबाट त्यस दिनको प्रश्नपत्र फोटोकपी गरेर ल्याएर परीक्षा ढिलोगरी सञ्चालन गरिएको र हराएको प्रश्नपत्र पनि विद्यालय पुगिसकेको र दोस्रो दिनबाट नियमित समयमै परीक्षा संचालनमा भैरहेको उनको दाबी छ । उनले सामान्य विषयमा विद्यालय र शिक्षकको बदनाम गराएको राजनीतिक प्रतिशोधको हिसाबले घटनालाई सार्वजनिक गरेको भनेर उनले उल्टै वडा अध्यक्षको योग्यतामाथि प्रश्न उठाए । उनले आयोग लडेर जागिर खान आएको र राज्यले ३० औं वर्ष काम गर भनेर चुनेर पठाएको बताए ।
वडा अध्यक्ष नवराज तिमल्सिनालाई सम्पर्क गर्दा विद्यालयका शिक्षकले प्रश्नपत्र ल्याउने क्रममा खसाल्नु र खसेको कुरा थाहा नपाउनु थाहा नपाउनु भनेको गम्भीर लापरबाही रहेको बताए । त्यो परिक्षाको प्रश्नपत्र यदी कसैले भेटेर सार्वजनिक गरेको भए वा गलत प्रयोग भएको भए पालिका भरिको विद्यालयका सबै बिषयका सम्पुर्ण परीक्षा रोक्नुपर्ने अवस्था आउनसक्ने वडा अध्यक्ष तिमल्सिनाले बताए । अन्तिम परिक्षा भनेको वर्ष भरिको अध्ययन गरेको कुराबाट विद्यार्थीले के कति ज्ञान हासिल गरे, कतिको बुझे भनेर मापन गर्ने र मुल्यांकन गर्ने र अर्को कक्षामा जान योग्य छ कि छैन भनेर परिक्षण गरेर नतिजा निकाल्ने महत्वपूर्ण अन्तिम परीक्षा भएकाले यसबेला विद्यार्थीमा समयको एकदमै चाप हुने र समयको महतव हुने भएकाले विद्यार्थीको समयको ख्याल नगरिएको बताए ।

यस विषयमा बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेम कुमार पुरीले घटना घटेको कुरा सत्य हो तर यसमा गलत मनाशय नदेखिएको बताए ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २०:३५:०९ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology