Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज ६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

दैनिकी न्यूज

१, चैत्र २०८१
आज ६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
images

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको विभागले बताएको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - ०६:२१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology