दोलखा । दोलखाको विभिन्न बिद्यालयहरूमा कांग्रेस नेता तथा समाजसेवी एवम् स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठले कम्प्युटर सहित शैक्षिक सामग्री सहयोग गरेका छन् । उनले भिमेश्वर नगरपालिका वडा नम्बर ९ झाँक्रीचौरस्थित बुद्ध प्राथमिक बिद्यालय, तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जनप्रभात माध्यामिक विद्यालय र मेलुङ गाउँपालिकामा वडा नम्बर ५ डाँडाखर्कस्थित डाँडाखर्क माध्यामिक विद्यालयका बिद्यार्थीहरूलाई झोला तथा कम्प्युटर हस्तान्तरण गरेका थिए ।
कांग्रेस नेता श्रेष्ठले बुद्ध प्राविलाई कम्प्युटर सहित शैक्षिक सामग्री र स्कुल ब्याग बितरण गरेका थिए । श्रेष्ठले बिहिवार कम्प्युटरसहित झोला र शैक्षिक सामग्री एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । श्रेष्ठ दोलखाका विभिन्न बिद्यालयहरूमा यस्तै सहयोग गर्दै आएका छन् । उनले बिद्यार्थीहरूलाइ होलीको अवसरमा शुभकामना समेत ब्यक्त गर्दै बालबालिकाको शैक्षिकस्तर सुधार भए मात्रै देशको बिकास हुने बताए। उनले बालबालिकालाई राज्यले उनीहरूको चाहना बमोजिम पठनपाठन गराए मात्रै देशले खोजे जस्तो जनशक्ति प्राप्त हुने र देशमा नै रोजगारको अबस्था सृजना हुने बताए ।