Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरमा उपभोक्ता अधिकार संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

ललितपुरमा उपभोक्ता अधिकार संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

२, चैत्र २०८१
ललितपुरमा उपभोक्ता अधिकार संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
images

ललितपुर । विश्व उपभोक्ता अधिकार दिवस २०८१ को अवसरमा ललितपुरमा उपभोक्ता अधिकार संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
उद्योग तथा बाणिज्य कार्यालय ललितपुरको आयोजनामा आज शनिबार महालक्ष्मी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उपभोक्ता अधिकार संरक्षणका लागि प्रशासन कार्यालयले सधैं सकरात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । 'हामीले गुणस्तरीय सामाग्री खरिद गरिरहेका छौँ कि छैनौं, अनावश्यक मूल्य पो तिरीरहेका छौँ कि १, यो  बिचार गर्नुपर्छ।' उनले भने । उनले हरेक उपभोक्ताले आफ्नो हक अधिकार संरक्षणका लागि सचेत र जागरुक रहनुपर्नेमा जोड दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले उपभोक्ता हक अधिकार संरक्षणमा  जिल्ला प्रशासन कार्यालयको भूमिका बिषयमा कार्यपत्र प्रस्तुतिकरण गरेका थिए ।

sahayak.jpg

उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका प्रमुख सन्तोष मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा उद्योग अधिकृत सञ्जय थापा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै उद्योग अधिकृत राजेन्द्र थापाले कार्यक्रम ओैचित्यतामाथि प्रकाश पारे ।

santosh Moktan.jpg
कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ध्रुवलाल तण्डुकारले बजारमा उपभोग्य सामान खरिद गर्दा उपभोक्ता स्वम् नै सचेत र सजग रहनुपर्छ भन्नेमा जोड दिए ।
'स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार' भन्ने नाराका साथ यस वर्षको उपभोक्ता अधिकार दिवस मनाइएको छ। यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो। यसैको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।
यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो। सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् ।
उपभोक्ता अधिकारका अन्तरनिहीत आधारभूत चार सिद्धान्तमा प्रत्येक उपभोक्ता आफैं सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरुक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो।
वस्तु वा सेवाका उत्पादक, प्रदायक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ, उपभोक्ता नभइ बजार सञ्चालन नहुने हुादा उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्तालाई अधिकार निक्षेपण गरिनुपर्छ र बजारमा उपभोक्तालाई सम्मान गरिनुपर्छ।
संयुक्त राष्ट्रसङ्घबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ।
त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन्।

images
प्रकाशित मिति :चैत्र २, २०८१ शनिवार - २०:०७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology