Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आफ्नो स्थानीय परिवेश र राष्ट्रलाई भुल्नु हुँदैन – वडाअध्यक्ष घिमिरे

आफ्नो स्थानीय परिवेश र राष्ट्रलाई भुल्नु हुँदैन – वडाअध्यक्ष घिमिरे

दैनिकी न्यूज

२, चैत्र २०८१
आफ्नो स्थानीय परिवेश र राष्ट्रलाई भुल्नु हुँदैन – वडाअध्यक्ष घिमिरे
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज घिमिरे (राज) ले  कुनै पनि व्यक्ति आफ्नो स्थानीय परिवेश र राष्ट्रलाई भुल्नु नहुने बताएका छन् ।

गोदावरी नगरपालिका वडा नं. ३ को आयोजनामा यही फागुन २५ गतेदेखि २७ सम्म भएको महिला उद्यमशीलता विकास तालिमको समापन तथा प्रमाण वितरण कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष घिमिरेले मानिसले सानोसानो प्रयासबाट उद्याशीलता विकास गर्दै प्रगति हासिल गरेर उचाइ हासिल गर्ने भन्दै जतिसुकै ठूलो सफलता हासिल गरेपनि आफ्नोपनलाई कायम राख्न सक्नुपर्ने बताए ।
'हामीले यहाँ सानासाना नानीहरूले गरेको काम पनि देख्यौं, हामी देशकै नमुना र उत्कृष्ट वडा बनाउने अभियानमा छौँ, तपाईंहरुले विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, यसलाई कायम गर्दै यहाँको विकास निर्माण, उद्यमशीलता विकासमा जोड दिनेछौं ।' उनले भने ।
तीन दिनसम्म भएको तालिममा २५ जना महिलाहरु सहभागी थिए। तालिम पश्चात् वडा कार्यालयले सहभागीहरुलाई काभ्रेको बनेपामा महिलाहरुले सञ्चालन गरेको उद्योगको अवलोकन भ्रमण समेत गराएको अध्यक्ष घिमिरेले जानकारी गराए।
यसअघि वडा कार्यालयले मन्टेस्वरी , ब्युटीशियन, होम स्टे, अचार बनाउने सीप विकास लगायतका तालिम सञ्चालन गरेको उनले जानकारी गराए। हरेक वर्ष सीप विकास तालिम सञ्चालन गरेर महिलाहरुलाई उद्यमशील बनाउँदै आर्थिक सशक्तीकरणमा जोड दिने लक्ष्य राखेको घिमिरेले बताए ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ शनिवार - २०:२७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology