Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्ववियु निर्वाचनः पाटन क्याम्पसमा ९ बजेबाट मतदान, मतदान सम्पन्न भएको एक घण्टामै नतिजा आउने

स्ववियु निर्वाचनः पाटन क्याम्पसमा ९ बजेबाट मतदान, मतदान सम्पन्न भएको एक घण्टामै नतिजा आउने

दैनिकी न्यूज

५, चैत्र २०८१
स्ववियु निर्वाचनः पाटन क्याम्पसमा ९ बजेबाट मतदान, मतदान सम्पन्न भएको एक घण्टामै नतिजा आउने
images

ललितपुर । त्रिभुवन विश्वविद्यालयको आंङ्गिक क्याम्पस पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतदान आज बिहान ९ बजेबाट सुरु भैरहेको छ।
प्रमुख निर्वाचन अधिकृत छवि बरालले दिएको जानकारी अनुसार ७ हजार चार सय ९२ मतदान रहेको क्याम्पसमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ।
'२३ वटा मतदान मेसिन प्रयोग गरेर मतदान हुनेछ, एउटा व्याकअपमा राखिएको छ, दुई वटा मेसिन नमुना मतदानका लागि प्रयोग हुनेछ, हामी मतदान सम्पन्न भएको एक घण्टामा नतिजा आउने गरी काम गरिहरेका छौँ।' प्रमुख निर्वाचन अधिकृत बरालले भने ।

WhatsApp Image 2025-03-18 at 09.39.34_a1f58f1c.jpg
विद्युतीय मतदान उपकरण व्यवस्थापक लक्ष्मण रिमालले विद्युतीय मेसिनमार्फत सहज रुपमा मतदान हुने जानकारी गराए । 'हामीले यसअघि दुई सय भन्दा बढि स्थानमा यही विद्युतीय मेसिनबाट निष्पक्ष रुपमा मतदान सम्पन्न गराइसकेका छौँ,एमाले र राप्रपाको महाधिवेशन, नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ र महिला संघ लगायतको महाधिवेशनमा यिनै मेसिनहरुबाट निष्पक्ष मतदान सम्पन्न भएको हो, यसपटक पनि सम्पूर्ण व्यवस्थापन पक्षलाई ध्यान दिएर विश्वसनीय तवरले मतदान गर्ने प्रभावकारी व्यवस्था मिलाएका छौँ ।' उनले भने ।
निर्वाचन व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहनु भएका सहायक क्याम्पस प्रमुख दिपेन्द्र बिक्रम सिजापतीले स्वबियू निर्वाचनको सबै व्यवस्थापन चुस्तदुरुस्त रहेकोले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न हुने बताए ।
'बुध व्यवस्थापन समिति, सुरक्षा समितिले प्रभावकारी काम गरिरहेको छ, निर्वाचनमा खटिएका सबैले सहजरूपमा काम गरिरहनुभएको छ, निर्धारित समय ४ बजेसम्म मतदान सम्पन्न भइ एक घण्टामा नतिजा आउनेछ।' उनले भने ।
स्वबियू निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा दर्ता भएका २४ वटा संघसंगठनहरुमध्ये १४ वटा संघसंगठन र ७३ जना उम्मेदवारहरुले निर्वाचनमा भाग लिएको सहायक क्याम्पस प्रमुख सिजापतीले बताए ।

images
प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - ०९:४९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology