Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, यस्तो छ आजको मौसम

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, यस्तो छ आजको मौसम

दैनिकी न्यूज

१, बैशाख २०८२
देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, यस्तो छ आजको मौसम
images

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज नयाँ वर्षको पहिलो दिन कोशी प्रदेश, मधेस प्रदेश र देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :बैशाख १, २०८२ सोमवार - १०:४१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology