Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मजदुर दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय

मजदुर दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय

दैनिकी न्यूज

१२, बैशाख २०८२
मजदुर दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुर दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ । कार्यक्रम अनुसार बैशाख १३ गते देशका प्रमुख सहरहरुमा रक्तदान कार्यक्रम हुनेछ ।
बैशाख १४ गते बालाजु औद्योगिक क्षेत्रमा महिला मजदुर लक्ष्ँित स्वास्थ्य शिविर गर्नेछ भने सबै प्रदेशमा प्रदेशको स्तरीय सर्वपक्षीय अन्तर्किया कार्यक्रम तय भएको छ।
बैशाख १५ मा सिनामंगलस्थित एयरपोर्ट होटलमा उद्योग वाणिाज्य महासंघ, हान, यातायात व्यवसायी, निर्माण व्यवसायी, बैंकर्स एसोसिएसन, आउटसोर्सिङ व्यावसायिक संघ, श्रम मन्त्रालय, श्रम बिभाग जेटियुसिसि, पुर्ब अध्यक्षहरु शालिकराम जमरकट्टेल, लक्ष्मण बस्नेत, विष्णु रिमाललगायतको सहभागीतामा अन्तर्किया कार्यक्रम पनि तय भएको छ । उक्त दिन प्रदेश स्तरमा पनि सोही स्तरबाट अन्तरक्रिया हुने र १६ गते १३६ औं मे दिवसको सन्दर्भमा करिब १ हजार गाडी सहित र्याली निक्लने छ। वैशाख १७ गते औद्योगिक प्रतिष्ठान र बाहिर प्रभातफेरी र भेलाहरु सम्पन्न हुनेछ भने बैशाख १८ गते बृहत जुलुस र प्रज्ञा भवनमा औपचारिक कार्यक्रम हुने कुरा संगठनका उपमहासचिव माधव पाण्डे बताए ।

images
प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - ०७:२८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology