Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

दैनिकी न्यूज

१२, बैशाख २०८२
बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका(३ घर भएका ३६ वर्षीय एक राज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - २०:४२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology