Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

दैनिकी न्यूज

१२, बैशाख २०८२
बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका(३ घर भएका ३६ वर्षीय एक राज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - २०:४२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology