Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ

मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ

दैनिकी न्यूज

२०, बैशाख २०८२
मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ
images

ललितपुर । बागमती प्रदेशका सदस्य एवम् पूर्वमन्त्री, संविधानसभा सदस्य रामकृष्ण चित्रकारले मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

yog.jpg
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा शुक्रबार आयोजित मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन, योग ध्यान तथा शिरोधारा कार्यक्रममा मन्तव्य राख्दै प्रदेशका पूर्वमन्त्री चित्रकारले योग, ध्यान र आयुर्वेद उपचार पद्धति पूर्वीय दर्शन र संस्कृतिको अभिन्न पाटो भएको बताउँदै यसको महत्त्व, ओैचित्य र सान्दर्भिकतालाई उजागर गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
'योग भन्ने बित्तिकै रामदेवको सम्झना आउँछ, नेपालमा पछिल्लो समय योग र ध्यानले प्राथमिकता पाउँदै आएको छ, अहिले पश्चिमा देशलगायत संसारमा समेत योगको लहर आएको छ, मानसिक स्वास्थ्य प्रवर्द्धनमा योग अभ्यास अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो, मानसिक स्वास्थ्य बलियो बनाउन सक्यौं भने अत्यन्तै लाभ हासिल हुन्छ, राम्रोसँग सबैमा प्रचारप्रसार गर्नु जरुरी छ, मानसिक स्वास्थ्यमा हाम्रो त्यति ध्यान पुगेको छैन, आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ।' उनले भने ।
चित्रकारले हामी नेपालीहरुले अत्यन्तै तनावपूर्ण जीवन विताउने गरेका छौँ भन्दै यसलाई व्यवस्थापन गर्नुपर्ने ठूलो चुनौती रहेको धारणा राखे। 
उनले आयुर्वेद उपचार पद्धति नै हाम्रो प्रमुख उपचार पद्धति हुनुपर्छ भन्दै बागमती प्रदेश सरकार आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्द्धन गर्दै योग र ध्यानको प्रचारप्रसारमा सहयोग गर्न तत्पर रहेको जानकारी गराए।
योग विज्ञ बुद्धिबल रानाले योग अभ्यास, योग गर्ने विधि, योग गर्दा मन, मस्तिष्क र शरीरलाई व्यवस्थापन गर्ने तरिकाहरुका बारेमा प्रयोगात्मक प्रस्तुतिकरण गरेका थिए । उनले योग अभ्यास गराउँदै जोर्नीका समस्या, युरिक एसिडको प्रभावलाई रोक्न, हात, गोडाका ओैलाको स्वस्थ्यता कायम राख्न योगको महत्त्वका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेशका पूर्वमन्त्री चित्रकार सहित, बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चन, कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भुवन पौडेललगायतले योग अभ्यास गरेका थिए । । कार्यक्रममा काठमाडौं विश्वविद्यालयको योग विज्ञान स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न उत्कृष्ट आसनहरु तथा अभ्यासहरु प्रदर्शन गरेका थिए ।
बागमती गाउँपालिकाका प्रमुख बीरबहादुर लोप्चनले समाजमा विकास भइरहेको नकारात्मक सोच निवारणका लागि यस्ता कार्यक्रमहरु अत्यन्तै उपयोगी हुने धारणा राखे।
मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले इच्छाशक्ति हुँदा घरमा नै योग र ध्यान गर्न सकिने बताउँदै शारीरिक र मानसिक स्वास्थ्यका लागि योग महत्त्वपूर्ण हुने बताए । उनले मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन, योग ध्यान तथा शिरोधारा कार्यक्रम सञ्चालनले नागरिकको जीवनशैलीमा सकरात्मक प्रभाव पार्ने बताए ।
डाक्टर प्रेरक रेग्मीले अहिले नेपालका हरेक एक परिवारमा नसर्ने रोगका विरामी सरदर एक जना रहेको बताउँदै नसर्ने रोगमा पनि मानसिक रोग प्रमुख समस्याका रुपमा देखिन्छ भन्ने तथ्यको जानकारी गराए। उनले रोग लागेर गरिने उपचारात्मक भन्दा पनि रोग लाग्न नदिन निधानात्मक उपचार पद्धतिलाई जोड दिंदै आयुर्वेद स्वास्थ्य उपचार वैज्ञानिक रुपमा प्रमाणिता भएको योग र ध्यानको माध्यमबाट स्वस्थ्य रहन प्रेरित गरे।
आयुर्वेदका प्रशिक्षक तीर्थराज आचार्यले अस्वस्थकर तथा विलासी जीवनशैली र रातीको समयमा गरिने धुम्रपान, मध्यपान र मसलायुक्त खानपिनले स्वास्थ्यमा पारिरहेको असरले निम्त्याएको रोगकाध बारेमा प्रस्तुतिकरण गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख २०, २०८२ शनिवार - ०६:५३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology