काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराको जानकारी अध्यक्ष नारायाण दाहालले गर्नेछन्। त्यसपछि पानी जहाज सञ्चालन तथा व्यवस्थापनं विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय, विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल हुनेछ। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।