Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पुर्पक्षका निम्ति राम बहादुर बम्जन कारागार चलान

पुर्पक्षका निम्ति राम बहादुर बम्जन कारागार चलान

दैनिकी न्यूज

१३, जेठ २०८२
पुर्पक्षका निम्ति राम बहादुर बम्जन कारागार चलान
images

सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सोमबार (जेठ १२) सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका निम्ति कारागार चलानको आदेश गरेको छ । ‘लिटिल बुद्ध’का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलंगवा कारागार चलान गरिएको हो । 

सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा बम्जनमाथि ०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो संख्यामा उनका समर्थक तथा अनुयायी अदालतअगाडि जम्मा भएका थिए ।

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिग अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गएको चैत ६ गते सफाइ दिएको थियो ।

उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर, सोमबार फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।

images
प्रकाशित मिति :जेठ १३, २०८२ मंगलवार - ०६:४९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology