Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मानव बेचबिखन मुद्दाका आरोपी पुर्पक्षका लागि कारगार चलान

मानव बेचबिखन मुद्दाका आरोपी पुर्पक्षका लागि कारगार चलान

दैनिकी न्यूज

१३, जेठ २०८२
मानव बेचबिखन मुद्दाका आरोपी पुर्पक्षका लागि कारगार चलान
images

काठमाडौँ । मानव बेचबिखन मुद्दाका एक जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । रसुवाको नौकुण्ड गाउँपालिका–६ का उर्पा तामाङ भन्ने उर्पा लोप्चन सोमबार काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार चलान भएका हुन् । उनलाई प्रहरीले यही जेठ ८ गते काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका–३ बाट पक्राउ गरेको थियो ।

जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि उनलाई कारागार कार्यालय जगन्नाथ देवल चलान गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी, एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

परिवर्तित नाम २६ बबरमहल (१६७) र (१६८) लाई कुमार तामाङ र उर्पाले इराकको कुर्दिस्तानमा मासिक ४५ हजार तलब हुने घरेलु काममा पठाइदिने भनी काठमाडौंमा मेडिकल गराई २५ दिनसम्म बालाजुको एक होटलमा राखी बेचबिखन गर्ने उद्देश्यले २०८० जेठ १८ गते काठमाडौंबाट भारत लैजान लागेका थिए ।

त्यसक्रममा झापाको काँकडभिट्टामा रहेको ‘साना हातहरू’ नामक संस्थाले पीडितलाई उद्धार गरी सोही जेठ २१ गते ब्यूरोमा मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता भएको थियो ।

अर्का प्रतिवादी कुमार यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए भने उर्पा भने फरार थिए ।

images
प्रकाशित मिति :जेठ १३, २०८२ मंगलवार - ०७:१९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology