Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यातायात व्यवसायीको आन्दोलन फिर्ता

यातायात व्यवसायीको आन्दोलन फिर्ता

दैनिकी न्यूज

२१, जेठ २०८२
यातायात व्यवसायीको आन्दोलन फिर्ता
images

काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन्।

मंगलबार साँझ बसेको बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएसँगै यातायात व्यवसायी आन्दोलित बनेका थिए। जसका कारण देशभरिका सार्वजनिक यातायात ठप्प भएको थियो।

प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकार पनि हाललाई उक्त नियमावलीलाई स्थगित गरेको जानकारी दिएको हो।

images
प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ०६:१५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology