Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाल टेलिकम प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल टेलिकम प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दैनिकी न्यूज

२६, जेठ २०८२
नेपाल टेलिकम प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, हालका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

tamang Language (1).jpg

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेलिकमको जीएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेस सेवामा अनियमितता गरिएको, बिलिङ प्रणालीमा बदनियतपूर्वक सम्झौता गरिएको, र उपकरण खरिदमा सार्वजनिक सम्पत्ति हिनामिना भएको भन्दै मुद्दा दायर गरिएको हो।

आयोगले पाँच वर्षे एकीकृत बिलिङ प्रणाली सम्झौतामा आपसी मिलेमतोबाट टेलिकमलाई वित्तीय हानि पुर्‍याइएको दाबी गर्दै ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो दाबी गरेको छ।

मुद्दामा संलग्न व्यक्तिहरूमा तत्कालीन प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठ, वित्तीय प्रमुख राजेन्द्र श्रेष्ठ, सञ्चालन प्रमुख झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमूल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धक राजीवकुमार केसी लगायत अन्य कर्मचारीहरू छन्।

यससँगै तीन चिनियाँ आपूर्तिकर्ता कम्पनी र तिनका नेपालस्थित प्रतिनिधिमाथि समेत सोही बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार एकीकृत बिलिङ प्रणाली खरिद प्रक्रियामा प्राविधिक तथा वित्तीय मूल्याङ्कनमा मनोमानी, सोझो प्रतिस्पर्धाबाट बाहिर अन्य कम्पनीलाई उन्मुक्ति दिई एक निश्चित कम्पनीलाई लाभ दिने नियतले सम्झौता गरिएको थियो।

“सार्वजनिक संस्था टेलिकमलाई हानि पुर्‍याउने उद्देश्यले योजना बनाएर गलत ढंगले ठेक्का सम्झौता गरिएको पाइएकोले मुद्दा दायर गरिएको हो,” आयोगका प्रवक्ता पौडेलले बताए।

images
प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - ०८:०५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology