Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

९, आषाढ २०८२
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
images

काठमाडौँ  । मनसुनी वायुको प्रभावले कोशी, मधेश, बागमती र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी प्रदेश आंशिक बदली छ। यस्तै कोशीका केही तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भन्दै महाशाखाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ।

images
प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - ०६:५७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology