Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा राइड सेयरिङ स्थगन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकी प्रदेशमा राइड सेयरिङ स्थगन नगर्न सर्वोच्चको अन्तरिम आदेश

दैनिकी न्यूज

११, आषाढ २०८२
गण्डकी प्रदेशमा राइड सेयरिङ स्थगन नगर्न सर्वोच्चको अन्तरिम आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ स्थगन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा स्थगन नगर्न आदेश दिएको हो । साथै, अदालतले सार्वजनिक यातायातमा हड्ताल नगर्न निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवामार्फत हजारौँ युवालाई रोजगारी र स्वरोजगारको अवसर सिर्जना हुने भन्दै यो नियमावली प्रदेश सभाबाट पारित गरेको थियो । तर, यातायात व्यवसायीको विरोध र हड्तालका कारण केन्द्र सरकारले प्रदेशलाई नियमावली कार्यान्वयन तत्काल स्थगित गर्न दबाब दिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जेठ २० गते पठाएको पत्रमा जनजीवन सहज बनाउन भन्दै एक महिनाका लागि नियमावली कार्यान्वयन रोक्न आग्रह गरिएको थियो ।

गण्डकी प्रदेश सरकारले यो नियमावली विधिको शासन, संवैधानिक व्यवस्था र सङ्घीय सहमतिका आधारमा तयार भएको दाबी गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०८२ बुधवार - ०६:५७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology