काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. ११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका वडा नं. ११ घर भएका ४२ वर्षीय साईला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा साईला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।