Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोहलपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

कोहलपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

दैनिकी न्यूज

७, श्रावण २०८२
कोहलपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
images

नेपालगञ्ज । कोहलपुर नगरपालिका सरसफाई शाखामा कार्यरत १० जना सरसफाईकर्मिलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।

कोहलपुर नगरपालिकामा फोहोर, कवाड संकलन गर्न खटिएका व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप स्वास्थ्य तथा सुरक्षा सामाग्रि प्रदान गर्ने उद्धेश्यका साथ उक्त स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।

प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तरगत रेस्टलेस डेभलपमेन्टको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा सम्पन्न कार्यक्रमका बिच मास्क, गलब्स, गमबुट, स्यानिटाईजर पिपिई लगायत स्वास्थ्य तथा शुरक्षा सामाग्रि प्रदान गरिएको छ ।

सरसफाईकर्मीहरु गणेश शाह, मंगल दमाई, पुन्सी थारु,विपतरानी थारु, चन्द्रकला बि.क, मिना भाट,सोम्ली थारु, मोहर कुमारी थारु, माया चौधरी, पर्बल थारुलाई कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वातावरण तथा बिपत ब्यवस्थापन समितिका सदस्य तथा वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले उक्त सुरक्षा सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले बास नेपालले अभियानको रुपमा गर्दै आएको हरेक कार्यक्रमहरुले स्थानिय सरकारलाई नै सहयोग पुर्याउदै आएको बताए । कसैको पनि आँखा पर्न नसकेको सरसफाईकर्मीहरुका समस्या बारेमा बास नेपालले चासो देखाउँदै आएकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिका वातावरण शाखा प्रमुख बिर बहादुर थापा, वास नेपालका निबर्तमान अध्यक्ष लुना बुढाथोकी, निर्देशक हेमराज भट्ट, बास नेपाल बाँके शाखा सदस्य शोभा भण्डारीको उपस्थित रहेको थियो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्कीले गरेका थिए । 

images
प्रकाशित मिति :श्रावण ७, २०८२ बुधवार - ११:३०:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology