Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

केन्द्रको असहयोगका बिच एनआरएनए फ्रान्सको महाधिवेशन, १३ सदस्यीय सर्वसम्मत कार्य समिती बिजयी

केन्द्रको असहयोगका बिच एनआरएनए फ्रान्सको महाधिवेशन, १३ सदस्यीय सर्वसम्मत कार्य समिती बिजयी

दैनिकी न्यूज

१४, श्रावण २०८२
केन्द्रको असहयोगका बिच एनआरएनए फ्रान्सको महाधिवेशन, १३ सदस्यीय सर्वसम्मत कार्य समिती बिजयी
images

गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको ११ औं महाधिवेशनले आइसिसी सदस्यसहित १४ सदस्यीय कार्य समिती सर्वसम्मत रुपले निर्वाचित गरेको छ ।

आइतवार २७ जुलाईमा भएको निर्वाचनले दिलिप गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपले सन २०२५-२०२७ का लागि कार्यसमिती चुनेको हो ।

समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारीउपाध्यक्ष सरोज अधिकारीमहिला उपाध्यक्ष विष्णु कुमारी तिमल्सिनामहासचिव राजेन्द्र श्रेष्ठकोषाध्यक्ष समिक्षा थापा निर्वाचित भएका छन ।

त्यसैगरी सह-कोषाध्यक्ष श्रवण कुमार मैनालीसचिव जित कुमार विश्वकर्मामहिला प्रतिनिधि किरण चालिसे छन । सदस्यहरुमा विष्णुहरी दवाडीदीपेन्द्र लामाशान्ती गुरुङ र सुनिला लामा छन ।

अन्तर्राष्टृय समान्वय परिषद (आइसिसी) सदस्यमा शिवराम भण्डारी निर्वाचित भएका छन । 

सन २०२५-२०२७ कार्यकालका लागि पदाधिकारीको निर्वाचन सम्पन्न गर्न एक स्वतन्त्र निर्वाचन समिती र अर्को निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिति गठन गरिएको थियो ।

निर्वाचन समितिले एनआरएनए केन्द्रिय विधानको पालना गर्दै एनआरएनए फ्रान्सको विधान अनुरुप  निर्वाचन तालिका घोषणापन्जिकृत सदस्यहरुको नामावली माथि जाँचबुझउम्मेदवारी घोषणाको आव्हानति उम्मेदवारहरुमाथी दाबी बिरोध लगायतका सम्पूर्ण बैधानिक प्रावधानहरु लिखित रुपमा सार्वजनिक गरेको थियो ।

१३ सदस्यीय कार्यकारी समिती र आइसिसी सदस्यको एक पदकालागि आव्हान गरिएको उम्मेदवारीमा तोकिएका पदमा कसैको पनि दाबी बिरोध नपरेपछी निर्वाचन समितिले सर्वसम्मत कार्यकारी समिती बिजयी भएको घोषणा गरेको थियो ।

निर्वाचन प्रकृयाको अनुगमन गर्न खटिएको समितिले निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न भएको घोषणा गरेको थियो ।

निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगबाट पुरा गर्न एनआरएनए फ्रान्सले ददि सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन गरेको थियो जसमा सदस्य सचिव ओम गौचन र सदस्यहरुमा जिता कटुवालनन्द थेबे र आभाष आचार्य थिए ।

ददि सापकोटा लेखक र पत्रकार हुन भने ओम गौचन म्याग्दी समाज फ्रान्स (मोना फ्रान्स) का अध्यक्षजिता कटुवाल नेपाली एकता समाज फ्रान्सकी अध्यक्षआभाष आचार्य ईनास फ्रान्सका अध्यक्ष र नन्द थेबे नेपाली सांस्कृतिक गृहफ्रान्सका अध्यक्ष हुन ।

त्यसैगरी एनआरएनए फ्रान्सले निर्वाचन निस्पक्ष र स्वतन्त्र ढंगले पुरा गर्न एनआरएनए फ्रान्सकी संस्थापक सदस्य अनुराधा पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिती पनि गठन गरेको थियो । यस समितिका अन्य सदस्यमा हरी प्रसाद सापकोटा र गोर्खाली समाजफ्रान्सका अध्यक्ष संजिव देवकोटा थिए ।

महाधिवेशनमा नेपाली सांस्कृतिका गृहफ्रान्सनेपाली जनसंपर्क समितिम्याग्दी समाजराष्टृय स्वतन्त्र पार्टीईनास फ्रान्सगोर्खाली समाजनेपाली जन प्रगतिशील मञ्च लगायत अन्य संघसंस्थाका प्रतीनिधिहरुले शुभकामना दिएका थिए ।  

त्यसैगरिएनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल्एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालएनआरएन फ्रान्सकै पूर्व अध्यक्ष गिता थापापूर्व उपाध्यक्ष हरी सापकोटापूर्व उपाध्यक्ष अ्मर भण्डारीपूर्व आइसिसी सदस्य र पुन आइसिसी पदमै निर्वाचित शिवराम भण्डारीएनआरएनए फ्रान्सका पूर्व महासचिव तथा निर्वाचन समितिका पूर्व संयोजक सुवर्ण हमाल लगायत एनआरएनए फ्रान्सका अभियान्ताहरुले एनआरएनए फ्रान्सको महाधिवेशनमा गैर आवासीय नेपालीको भूमिकाएनआरएनएमा तीनको सहभागितानेपाल र नेपालीलाई गर्नुपर्ने कामएनआरएनए फ्रान्सले भविष्यमा लिनुपर्ने मार्ग आदि विषयमा आफ्ना भनाइहरु राखेका थिए ।  

आइतवार भएको महाधिवेशनका लागि फ्रान्सस्थित गैर आवासीय नेपालीका आधा दर्जन भन्दा बढी संस्थाका नेत्तृवकर्ताहरुले साथ र समर्थन जनाएका थिए । गैर आवासीय नेपाली संघ फ्रान्समा पाँच सय ८० जना सदस्य बनेका छन ।

वरिष्ठ उपाध्यक्ष दिलिप गुरुङ सभापती रहेको र महासचिव महेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रमको पहिलो शत्रमा एनआरएनए फ्रान्सका महसचिव राजेन्द्र श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष टिकादत्त सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिबेदनमाथि केहि प्रश्नहरु उठाईएको थियो । कोषाध्यक्षले ति प्रश्नको जवाफ दिएपछी हलले ताली बजाउँदै महासचिव र कोषाध्यक्षको प्रेतिबेदन पास गरेको थियो । 

महाधिवेशनमा पूर्व अध्यक्ष लोक पुन मगरले एनआरएनए फ्रान्सलाई राजनितिकरण गरेकोफ्रान्सका आम संघसंस्था सितको सहमती तोडेको५८० जना पन्जिकृत सदस्यहरुको अनादार गरेकोएनआरएनएको विधिविधान बिपरित एकलौटी र राजनितिक स्वार्थमा परेर यस अघीनै अबैधानिक महाधिवेशन गरेको अरोप लगाइएको थियो ।

एनआरएन फ्रान्सले अध्यक्ष लोक पुनले समितिका विभिन्न बैठकमा गरिएका प्रतिबद्दतासमेत पालना नगरि अवैधानिक समिती गठन गरेको भन्दै त्यसलाई कुनैपनि हालतमा मान्यता नदिने बताएका थिए । उनीहरुले पन्जिकृत सदस्यता भर्ने विध्युतीय आबेदन फर्म (एम आइएस फर्म) नै संस्थाको तर्फबाट नखोली राजनितिका पार्टीको भात्री संस्थाबाट खोलेर अरुलाई सदस्य बन्नबाट बन्चित गरेकोसंस्थालाई राजनितिक पार्टीको पोल्टामा लान खोजेको लगायतका आरोप समेत लगाएका थिए ।

 एनआरएनए फ्रान्सको कार्यकारी समितिका बहुमत पदाधिकारी बिरुद्द गएर बैंक खाता मनोमानी तरिकाले चलाएको आरोप समेत तिनको थियो । एनआरएनएको आर्थिक कोषबाट लोक पुन मगरले दुई हजार दुई सय २८ युरो व्यक्तिगत रुपमा लगेको एनआरएनए फ्रान्सले प्रस्तुत गरेको २०२३-२०२५ को आर्थिक प्रतिबेदनमा उल्लेख छ ।     

एनआरएनए केन्द्रिय अध्यक्ष बद्री केसी र वरिष्ठ उपाध्यक्ष डा हेमराज शर्मासित कार्यकारी समितिका महासचिव्अध्यक्षसंस्थापक अध्यक्षसँगा एनआरएनए फ्रान्सको महाधिवेशननयाँ कार्यसमितिलाई बैधानिक रुपमा लाईजानुपर्ने पद्दति र एमआइएसको पकडलाई हटाएर समस्याअ सुल्झाउने बारे पटक पटक छलफल भएपनि रचनात्मक सहयोग नगरेको गुनासो गरेका थिए । सदस्यता भर्ने समय हुँदा हुँदै एक सात लम्ब्याएर दुबै पक्षका सदस्य सम्मिलित महाधिवेशन गर्ने समय र संभावना रहँदा रहँदै केन्द्रिय पदाधिकारी र खास गरी युरोप संयोजक चिरन्जिबी खड्काले राजनितिक स्वार्थलाई नै प्राथमिकता दिएर मलजल गरेको आरोप समेत लगाएका थिए ।     

एनआरएनए फ्रान्सको दुई वर्षे कार्यकालामा केहि ब्यक्तिहरुले बचन दिएको आर्थीक सहयोग संस्थालाई नबुझाएको समेत प्रतिबेदनमा उल्लेख छ । संस्थालाई बुझाउनुपर्ने रकम केहि ब्यक्ती र संस्थाले नदिएकोमा हलमा सहभागिहरुले आक्रोश प्रकट गर्दै बचन दिएको रकम संस्थालाई बुझाउन आग्रह समेत गरेका थिए ।

सन २०२५-२०२७ कार्यकालका लागि नवनियुक्त पदाधिकारीहरुलाई गोपनियताको सपथ खुवाई प्रमाणपत्र समर्पित गरेपछी कार्यक्रम बिसर्जन गरिएको थियो । 

अहिलेको विषम परिस्थितिमा विविध क्षेत्रका बौद्दिक वर्गपत्रकारसामाजिका संस्थाका अभियन्तासमाजका अगुवाआम पन्जिकृत सदस्य र अभियन्ताहरुको साथ र सहयोगले महाधिवेशन सफल भएकोनयाँ कार्य समिती विवादरहित ढंगले सहमतिमा चयन भएकोमा अध्यक्ष दिलिप गुरुङ र नवनियुक्त वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारीले सबैलाई धन्यावाद दिएका थिए ।  

सपथ ग्रहण लिएका नवनियुक्त पदाधिकारीहरुले एनआरएनए फ्रान्सको बिगतबाट पाठ लिएर फ्रान्सका आम सामाजिक संस्थापन्जिकृत सदस्य र फ्रान्सवासी नेपालीको भावना समेटेरति सित छलफल गरि आगामी कार्ययोजना ल्याउने र प्रशंसायोग्य कार्य गर्ने प्रतिबद्दता समेत प्रकट गरेका थिए ।    

images
प्रकाशित मिति :श्रावण १४, २०८२ बुधवार - ०९:५४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology