○ राजीव श्रेष्ठ
कति अनौठा छन ;
जीवनका ती आरोह-अवरोहहरु
बढनु र घटनुको स्वभाविकतामा
यी उतार चढावहरु अनेक भँगिमामा
हरेक मान्छेको जिन्दगी पछ्याउनमा
अभ्यस्त हुन्छन
आयतनमा तल-माथि हुनसक्छ ,
त्यो बेग्लै कुरा हो
तर कुनै व्यक्ति
पन्छिन सक्दैन
यी आरोह-अवरोहका
कूटिल एवं जटील चालहरुबाट
समयको प्रवाहसँगै
मौसमहरु बदलिन्छन
घाम-पानी, घाम-पानी
कस्तो हाम्रो जिन्दगानी
भन्दै हामी हुर्कन्छौ
आखिर,
लेनदेनमै बित्छ पुरै जिन्दगी
स्पटताको खोजीमा
दायाँ-बायाँको छायाँमा
नै रुमलिरहन्छौ आध्याँरोमा
यस्तो वलेसीको धारमा
उभिएको जीवनको संघर्षमा
आफूसँगै हिडने जीवनसाथी पनि
आफ्नै नहुन सक्छ ,
तब, मान्छेले के घमण्ड गर्नु ?
अरुको भन्दा मेरो जीवन
उतम हो भनेर !