Logo

सोमवार, श्रावण २५ गते २०८३

images

युवाहरुलाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिनेः प्रदेशमन्त्री केसी

युवाहरुलाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिनेः प्रदेशमन्त्री केसी

दैनिकी न्यूज

२, भाद्र २०८२
युवाहरुलाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिनेः प्रदेशमन्त्री केसी
images

ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिनेमा जोड दिएकी छिन् ।

नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार पार्टी कार्यालयमा आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा मन्तव्य राख्दै मन्त्री केसीले मन्त्री पदको उच्च गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने बताएकी हुन् ।

ूतपाईंहरुले म प्रति गर्नुभएको श्रद्धा र सम्मानलाई कतै चुक्न दिनेछैन, उदाहरणीय काम गरेर सकरात्मक छाप छोड्नेछु, पदमा रहँदा कुनै घमण्ड गर्नेछैन, तपाईंहरुको पक्षमा उभिनेछु, युवाहरुलाई प्रदेशभित्रै काम, रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिनेछु ।ू उनले भनिन्।

मन्त्री केसीले आफू केही गरौँ भन्ने सोच सहित जिम्मेवारीमा आएको छु भन्दै सहकार्य र समन्वयका साथ काम गर्ने प्रतिवद्धता जनाइन्। उनले पार्टीले इमानदारिता, लगनशीलता र धैर्यताको कदर गरेको भन्दै महिलाहरूलाई राजनीतिक नेतृत्वमा अगाडि बढाउन नेपाली कांग्रेस ललितपुर जिल्ला पार्टी पंक्तिले गरेको योगदान र दिएको सम्मानप्रति आभार व्यक्त गरिन्।

पार्टीको बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले पार्टीका काम गरेको निरन्तरता र योगदानको सम्मान भएको भन्दै पदमा रहेर प्रदेशबासी नागरिकको हीतमा इमानदारीपूर्वक काम गर्न आग्रह गरे। उनले खेलकुदका विषयगत क्षेत्रमा छुट्याइएको बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन आग्रह गरे।

पार्टीका ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले पार्टीभित्र संगठनमात्रै नभई समस्यामा परेका हरेक नागरिकलाई निस्वार्थ भावले गर्नुभएको सहयोगले आज यो अवस्थासम्म पुग्नुभएको भएको छ भन्दै त्याग, संघर्ष र योगदानको कदर भएको बताए।

उपसभापति सुदर्शन घिमिरेले उर्मिला केसी नेपाल गतिशीलता र प्रेरणाको स्रोत हो भन्दै पार्टी र आमनागरिकले गरेको विश्वास र भरोसालाई उच्च राख्न आग्रह गरे।

images
प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - ११:२५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology