Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इन्टरपोलबाट रेड नोटिस जारी भएका सरिता घर्ती यएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका सरिता घर्ती यएईबाट पक्राउ

दैनिकी न्यूज

१७, भाद्र २०८२
इन्टरपोलबाट रेड नोटिस जारी भएका सरिता घर्ती यएईबाट पक्राउ
images

काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका वडा नं. १ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी छिन् ।
युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ ।  
उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । 
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८२ मंगलवार - ०८:२८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology