काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।

जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए। सो क्रममा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो ।