Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश

दैनिकी न्यूज

२४, भाद्र २०८२
काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश
images

काठमाडौँ  । काठमाडौँमा आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन २०२८ अनुसार आदेश जारी गरेका हुन्।

सोमबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी १९ जनाको ज्यान गएपछि प्रदर्शन नियन्त्रणका लागि कर्फ्यु लगाइएको हो।

कर्फ्यु बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्म लागू हुनेछ।

अत्यावश्यक सेवाका सवारीसाधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, कुटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकटधारी यात्रुहरूको लागि भने विशेष सहजीकरण हुनेछ।

Kar.jpg

images
प्रकाशित मिति :भाद्र २४, २०८२ मंगलवार - ०८:४९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology