भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि कर्फ्यू आदेश जारी गरेको छ।
मंगलबार बिहान साढे ८ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन्। जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रमा कर्फ्यू जारी भएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। त्यस्तै गरी ललितपुर जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
सोमबार बानेश्वरमा भएको जेनजी पुस्ताको प्रदर्शनपछि १९ जनाको ज्यान गएको थियो।
