काठमाडौं । सरकारले अवरुद्ध बनाएको फेसबुकसहितका सामाजिक सञ्जाल पुनः सञ्चालनमा आएका छन्। गएराति बसेको मन्त्रिपरिषद् बैठकले ती सञ्जाल खोल्ने निर्णय गरेको हो।
निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गर्ने जिम्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको थियो। सञ्चारमन्त्री पृथ्वी सुव्वा गुरुङले "अब निष्क्रिय भएका सामाजिक सञ्जाल पुनः सञ्चालनमा आइसकेका छन्" भन्ने जानकारी दिएका छन्।
भदौ १९ गतेदेखि सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गरिएको थियो। झण्डै डेढ वर्षदेखि सूचीकरणबारे छलफल भए पनि सम्बन्धित कम्पनीहरूले सहमति नदिँदा सरकारले बाध्यतापूर्वक बन्द गर्ने निर्णय गरेको बताइएको छ।