Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

दैनिकी न्यूज

२६, भाद्र २०८२
आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको छ,जसले गर्दा देशभर साधारणतया बदली रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

यस्तै राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाड र तराई मधेश प्रदेश, गण्डकी प्रदेशको र लुम्बिनी प्रदेशका तराई भु–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - ०८:१६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology