Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार बिहानसम्म विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

बुधबार बिहानसम्म विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

११, कार्तिक २०८२
बुधबार बिहानसम्म विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार रातदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले विशेष मौसम बुलेटिन प्रकाशन गरी सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भागमा वर्षा तथा हिमपात हुने जनाएको हो । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरब सागरबाट बनेको न्यूनचापीय प्रणालीका कारण यस्तो वर्षा र हिमपात हुन लागेको छ ।

यसैबिच राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुअघि पूर्वसूचना तथा लेक लाग्ने जोखिमबारे जानकारी लिन सचेत गराएको छ । पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न र एक्लै यात्रामा ननिस्किन भनेको छ । शनिबार र आइतबार लेक लागेर मनाङ र कास्कीमा चारजनाको मृत्यू भएको थियो । त्यस्तै, एक स्पेनी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याइएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - ०६:३७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology