Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम

मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम

दैनिकी न्यूज

१३, पौष २०८२
मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम
images

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउँछन्।

यसअनुसार योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको निर्वाचन आयोगले जनाएको छ। जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन्। निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ।

प्रदेशअनुसार कोशीमा ३५ लाख ७४ हजार ३१०, मधेसमा ३६ लाख ३६ हजार ४१४, बागमतीमा ३६ लाख ८२ हजार ३१०, गण्डकीमा १८ लाख ७० हजार ६५, लुम्बिनीमा ३३ लाख ८६ हजार ६८०, कर्णालीमा १० लाख ३७ हजार २५० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।

यसपालि राष्ट्रिय परिचय पत्रका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको थियो। निर्वाचनका लागि आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो। त्यसपछि नामावलीमा भएको त्रुटी सच्याएपछि आयोगले मतदाता संख्या सार्वजनिक गरेको हो।

images
प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - ०६:४०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology