Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शीतलहर चलेसँगै वीरगञ्जका विद्यालयमा दुई दिन बिदा

शीतलहर चलेसँगै वीरगञ्जका विद्यालयमा दुई दिन बिदा

दैनिकी न्यूज

१३, पौष २०८२
शीतलहर चलेसँगै वीरगञ्जका विद्यालयमा दुई दिन बिदा
images

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए ।

‘वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो,’ उनले भने । महानगरले वीरगञ्जका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।

images
प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - ०६:५०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology