Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

दैनिकी न्यूज

९, माघ २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
images

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। त्यसका लागि आयोगले आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ ।

यसपछि आजै दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो। सोही दिन उम्मेदवारी पत्र र उजुरी जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो।

कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ।

कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन्।

images
प्रकाशित मिति :माघ ९, २०८२ शुक्रवार - ०८:१९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology