Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images

आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

दैनिकी न्यूज

१८, कार्तिक २०८३
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
images

काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले राष्ट्रिय कार्यक्रम गर्दै आएको छ ।

पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले मिति परिवर्तन गरी आज र भोलि खुवाउन लागिएको हो । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो ।

सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८३ मंगलवार - ०९:५५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology