Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बीपी राजमार्गमा पैदल यात्रुलाई यसरी सहयोग गर्दैछ प्रहरी (भिडियो रिपोर्ट )

बीपी राजमार्गमा पैदल यात्रुलाई यसरी सहयोग गर्दैछ प्रहरी (भिडियो रिपोर्ट )

रामहरि कार्की

६, बैशाख २०७७
बीपी राजमार्गमा पैदल यात्रुलाई यसरी सहयोग गर्दैछ प्रहरी  (भिडियो रिपोर्ट )
images

सिन्धुली, बैशाख ६ । लकडाउनको कारण विपि राजमार्ग हुदै गृहजिल्ला हिडेका अलपत्र पैदल यात्रुहरुको उद्धारमा इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक शान्ता वाइवा अहोरात्र खट्ने गरेका छन् ।

लकडाउनका कारण सर्वसाधारण मजदुर पैदलै हिँडेर तराइ झर्ने क्रम ह्वात्तै बढेपछि उनीहरूको व्यवस्थापनमा व्यस्तताले गर्दा वाइबालाई खाना खाने समय निकाल्न पनि गाह्रो परेको रहेछ ।

लकडाउन शुरू भएपछिका हरेक दिन राजमार्गमा थाकेर ढलेका, गलेका, भोकभोकै रहेका यात्रुको व्यवस्थापनमै वाइबाको समय बितेको छ । उनी हरेक दिन स्थानीय गाउँपालिकासँग समन्वय, गाडीको जोहो र पैदल यात्रुको उद्धारमा व्यस्त छिन् ।

नेपालथोक र खुर्कोटमा पैदलयात्रुको ज्वरो नापेर मात्र उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ ।

अत्यावश्यक खाद्य सामाग्री, एम्बुलेन्स र प्रेसका गाडी बाहेक अन्य सवारीलाई बीपी राजमार्गमा पूर्ण रूपमा निषेध गरिएको उनले बताइन ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । अत्यावश्यक बाहेकका सबै नागरिकलाई घरबाहिर ननिस्किन सरकारले सबैलाई आव्हान पनि गरेको छ । पहिलो चरणमा चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरिदा संसारभरि तिब्रगतिमा फैलिएको कोरोनाले हज्जारौं मानिसको ज्यान लिइरहेको थियो । तर नेपालमा लकडाउन प्रभावकारी बनेका कारण यसलाई लम्ब्याउने सरकारको निर्णयसँगै दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरलाई समस्या भयो । सरकारले यसरी अलपत्र परेका मजदुरलाई भ्यालिबाहिर उनीहरुको गृहजिल्ला लैजाने निर्णय गर्दा प्रदेश सरकारको सहमति नभएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।

लकडाउनमा घरबाट बाहिर निस्कन र काम गर्न नपाएपछि बिपन्न तथा मजदरका परिवारले भोकमरीको सामना गर्नुप¥यो । भएको अन्न रासन सकिएपछि उनीहरुलाई भ्यालीको स्थानीय सरकारले राहत दिन आनाकानी ग¥यो । यस्तो अवस्थामा कि हिडेरै घर जाने, कि भोकभोकै मर्ने दुई विकल्प मात्रै बाँकी रहे । यस्तो परिस्थितिमा उपत्यका लगायत विभिन्न स्थानमा मजदुरी गर्ने विपन्न मजदुरहरु सपरिवार पैदलै गृहजिल्ला जान भनेर हिडे ।

पैदल जाँदा एक हप्तादेखि दुई हप्तासम्म समय लाग्ने स्थानमा पुग्न पैदलै हिडेका मजदुरलाई बाटोमा खाने र सुत्नेको समस्या भयो । महिला, केटाकेटी समेत पैदलै हिडेका मजदुरले भोकभोकै यात्रा गर्नुपरेको थियो । सरकारले उनीहरुलाई सहज रुपमा सवारी साधन प्रयोग गरेर घरसम्म जाने व्यवस्था मिलाउन आनाकानी गरिहेको अवस्थामा उनीहरुको अवस्था झनै भयावह बनिरहेको छ । यसरी आफ्नो गृहजिल्ला फर्किएका मानिसको उचित व्यवस्थापन गर्न प्रहरीले सम्वन्धित जिल्लाका राजनीतिक, स्थानीय सरकार सँग समन्वयन गरेको पठाएको हो ।

काठमाण्डौं उपत्यका लगायत स्थानबाट आउने पैदल यात्रीलाई उद्धार गर्ने कार्य गत दश दिनदेखि जारी राखेको छ । प्रहरी निरीक्षक वाइवाका अनुसार अहिलेसम्म प्रहरीले ३ हजार भन्दा बढी यात्रुलाई उद्धार गरेको बताइन । 

सिन्धुलीको बाटो हुँदै पहाडी जिल्लाहरु ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, सोलुखुम्बु, रामेछाप उदयपुर जोड्ने मध्यपहाडी राजमार्ग तथा पुर्वी तराईलाई राजधानी काठमाडौंसँग र काठमाडौंलाई सिन्धुली सहित पुर्वी तराईसँग छोटो दुरीमा जोड्ने १ सय ६० किलोमिटर लम्बाईको विपी राजमार्गमा लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुको दैनिक लर्को नै लाग्ने गरेको छ । दैनिक सयौंको संख्यामा पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुको कुरा सुन्दा मन भक्कानिन्छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०७७ शनिवार - १४:१५:२४ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology