Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एक ट्राफिक प्रहरी, जसले सिट्टी मात्रै फुक्दैनन सडक समेत मर्मत गर्छन्

एक ट्राफिक प्रहरी, जसले सिट्टी मात्रै फुक्दैनन सडक समेत मर्मत गर्छन्

रामहरि कार्की

२५, बैशाख २०७७
एक ट्राफिक प्रहरी, जसले सिट्टी मात्रै फुक्दैनन सडक समेत मर्मत गर्छन्
images

ललितपुर, बैशाख २५ । लकडाउनको बेला प्रहरीको सक्रियतालाई सबैले सम्मान गरेका छन् । तर,यहि लकडाउनको समयमा केही प्रहरीले जनताको सुरक्षासंगै सामाजिक काम समेत गर्न भ्याएका छन् ।

जनता घरमा थुनिएको बेला प्रहरीले सडकमा निस्केर काम गरिरहेको छन् । यस्तै काम गर्ने ललितपुरमा एक प्रहरी हवल्दार छन्, ईश्वर बन्जारा । सधैं सवारीसाधनको व्यवस्थापन गर्न सिट्ठी बजाउने बन्जारा लकडाउनमा भने सडकमा खाल्डाखुल्डी पुरिरहेको अवस्थामा भेटिए, ललितपुरको सातदोबाटो क्षेत्रमा ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत उनी सडकका खाल्डा पुर्न व्यस्त थिए । 'अचेल भीषण वर्षा भएर सडकमा खाल्डा परेको छ',उनले भने, 'एम्बुलेन्स र अत्यावश्यक सवारी खाल्डामा परेर दुर्घटना होला भन्ने सधैं चिन्ता भयो अनि माथीको आदेश लिएर खाल्डामा माटो र ग्राबेल हाल्न सुरु गरे ।'

ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटो, धापाखेल जानेबाटो र लगनखेल मोडमा रहेको खाल्डो पुरेको उनले बताए । ‘हाम्रो काम शान्ति सुरक्षा र सवारीसाधनलाई व्यवस्थित गर्ने हो, तर कहिलेकाहीँ आफ्नो विवेक प्रयोग गर्नुपर्छ', उनी थप्छन्, 'भत्केको, बिग्रेको ठाउँलाई मर्मत गर्न सके त्यसले अरुलाइ पनि काम गर्न उत्प्रेरणा दिन्छ ।' सामाजिक काम गर्न रुचाउने उनी बिहीवार दिनभर पनि सडकका खाल्डा पुरेको बताउँछन् ।

महानगरिय ट्राफिक प्रहरी कार्यालय ललितपुर र भक्तपुरको भवन निर्माणमा उनको योगदानलाई प्रहरीकै उच्च तहले सम्मान गरेको थियो ।

images
प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार - ११:०८:४७ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology