ललितपुर, जेठ १३ । ललितपुरको बागमती गाउँपलिकामा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गरिएका ६९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नवराज तिमल्सिनाका अनुसार मंगलबार ६९ रिपोर्ट आएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ छ भने ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
गत बुधबार पालिकामा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा.खगेश्वर गेलाल नेतृत्वको टोलीले पालिकाको वडा नं.३ भट्टेडाँडा र वडा नं. ६ आश्राङमा स्वाब संकलन गरेर बागमती गाउँपालिकाका ७ वटै वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, प्रहरी लगायतको पीसीआर टेस्ट गरेको थियो ।
बागमती गाउँपलिकामा ७८ जनाको पिसिआर विधिबाट र १४२ जनाको आरडिटी टेष्ट विधिबाट परिक्षण गरिएको थियो ।