सिरहा, जेठ १४ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
एसपी चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि एसपी चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका प्रजिअ गुरागाईंले जानकारी दिए । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब सङ्कलन गरिएको थियो । गणमा स्वाब सङ्कलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।